८३ केजी रक्तचन्दन सहित दुई जना पक्राउ

बिहिबार, भदौ १२, २०७६



काठमाडौं । रक्तचन्दन र यार्सागुम्बा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ रामहिटीचारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देनग्याम्चो तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका ६ रामहिटी चारघरेबाट रक्तचन्दन ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम यार्सागुम्बा सहित उनीहरुलाई पक्राउ परेका हुन ।

रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata