चोरीका मोटरसाइकलसहित चारजना पक्राउ

आइतवार, चैत्र ११, २०७४



सप्तरी । चोरीका मोटरसाइकलसहित चारजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका – १ का ३० वर्षीय सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका – ४ का १८ वर्षीय सञ्जयकुमार यादव, राजविराज नगरपालिका – ७ का १८ वर्षीय प्रदीपकुमार राम र १९ वर्षीय राजेशकुमार राम रहेको छन् ।

विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रयोग गर्दै आएका ५ थान मोटरसाइकल सहित उनीहरुलाई सप्तरी प्रहरीले पक्राउ हो । पक्राउ परेकाहरुलाई मोटरसाइकल चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

53 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank