लागूऔषध सहित चार जना नियन्त्रणमा

सोमवार, भदौ ९, २०७६



 काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ ।

सोमबार भक्तपुर, मध्यपुर नगरपालिका ६ ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो । पुरानो ठिमी बस्ने मकवानपुरका विशाल वाईवा र विजय लामालाई ट्रमा १० ट्याबलेट, नुफीन र डाईजेल्याप गरी ४ एम्पुल, फेगस्टार १० ट्याबलेट, गाँजा ५ ग्राम सहित पक्राउ गरेको छ ।

यसै गरि सोही नगरपालिका-७ नगदेशबाट मध्यपुर ठिमी नगरपालिका-५ टोगु बस्ने अजय भासीमा र सिन्धुपालल्चोकका नारायण उप्रेतीलाई लागुऔषध फेनरागन, नुरफिन र डाईजेपाम गरि २२ एम्पुल, नाईट्राभेट १ ट्याबलेट, ट्रमा १० ट्याबलेट र गाँजा ५ ग्राम सहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata