जहाज भित्र चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

आइतवार, भदौ ८, २०७६



काठमाडौं । जहाज भित्रै यात्रुहरुको गरगहना र नगद चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन।

इजी ६८४२७२२ राहदानीबाहक क्वीआइ म र इजी ५७४२५२३ नम्बरको राहदानीबाहक सिन्जोन हुलाई चोरीको सुनको बाला दुई थान र विभिन्न देशका रुपैया सहित पक्राउ गरेको हो।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

शनिबार टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका दुई चिनियाँ नागरिकको शरीर खानतलासी गर्दा चोरीका बाला र विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata