प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

शुक्रबार, भदौ ६, २०७६



पर्सा । प्रतिबन्धित भारतीय  रुपैयाँ सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुमारलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थान सहित पक्राउ गरेको हो । उनलाइ वीरगंज महानगरपालिका १६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएकाे छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata