स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ५ जना पक्राउ

बुधबार, भदौ ४, २०७६



दाङ । स्रोत नखुलेको भारतीय रुपैया सहित पाँच जना पक्राउ परेका छन । दाङ जिल्लाको लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्वपश्चिम राजमार्गबाट  स्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका-८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata