नगद १६ लाख रुपैयाँ  लुटियाे भन्दै गलत सुचना दिने भारतीय नागरिक पक्राउ

सोमवार, भदौ २, २०७६



काठमाडौं।  अज्ञात व्यक्तिले नगद १६ लाख रुपैयाँ लुटी लगेको भनी कपोकल्पित घटना बनाई नगद लुकाएको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने भारत विहार घर भएका २२ वर्षीय मनोज कुमार शाहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

शाहले काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोडमा माक्स लगाएका अज्ञात २ जनाले मोटरसाइकलमा आई आफूसँग रहेको नगद १६ लाख लुटी लगेको भन्ने खबर महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी दिएका थिए । तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको र अनुसन्धान गर्ने क्रममा शाहले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुल्न आएको थियो ।

साथै शाहलाई थप सोधपुछ एवं अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा विगत ३ महिनादेखि पेमेन्ट रिसिभ गरी कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको र बैमानी पूर्वक ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी कम्पनीको रकम आफैले राख्न खोजेको खुल्न आएको सो परिसरले जनाएको छ । प्रहरीले शाहको कोठाबाट उक्त नगद फेला पारी बरामद गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata