कटुवा पेस्तोल सहित दुई जना पक्राउ

सोमवार, भदौ २, २०७६



कैलाली । कटुवा पेस्तोल सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका- १० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका-१ बस्ने २२ वर्षीय रमेश शाही र २१ वर्षीय महेन्द्र बोहरा रहेका छन ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले से ५ प ४८८० नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी चालक शाही र स्कुटरमा सवार बोहरालाई पक्राउ गरेको हो ।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata