तीन लाख भन्दा बढि घुस सहित सहायक वन अधिकृत पक्राउ

सोमवार, साउन २७, २०७६



डडेल्धुरा । तीन लाख भन्दा बढि घुस रकम सहित सहायक वन अधिकृत पक्राउ परेका छन ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भाँत्काँडाबाट सव-डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी नगद तीन लाख २६ हजार रुपैयाँ सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिसीलाई गोप्य सुचनाका आधारमा नगद सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे हाे ।

डिसीले ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा जम्मा गर्न लगाएको र उनको खाताबाट ३ लाख २६ हजार रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata