किशोरीलाई बेचबिखन गर्न खोजेको अभियोगमा दुई जना पक्राउ

आइतवार, साउन २६, २०७६



काठमाडौं । किशोरी बेचविखन गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन । विभिन्न प्रलोभन देखाई- २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २९ वर्षीय आईते बहादुर लोप्चनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ति किशोरीलाई शंकास्पद रुपमा लिदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले  किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata