एनसेलको टावरमा आगो लगाएको अभियोगमा एक पक्राउ

शुक्रबार, साउन २४, २०७६



धादिङ । एनसेलको टावरमा आगजनी गरेको आरोपमा उक जना पक्राउ परेका छन ।

साउन १५ गते धादिङ, शिद्धलेक गाउँपालिका-६ कुमपुरस्थित एनसेलको टावरमा आगजनी गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका बस्ने ३० वर्षीय प्रल्हाद सिंखडा पक्राउ परेका हुन ।

उनलाई  धादिङ निलकण्ठ नगरपालिका-७ स्थित तारूखर्क भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata