भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी गिरफ्तार

शुक्रबार, साउन २४, २०७६



एजेन्सी । भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र नेता डी.राजालाई श्रीनगर एयरपोर्टमा गिरफ्तार गरिएको भारतीय मिडियाले जनाएका छन ।

महासचिव येचुरी र नेता डी. राजाले जम्मु- कश्मीरको राज्यपाल सत्यपाल मलिकलाई गत विहिबार पत्र लेख्दै उनीहरु श्रीनगर प्रस्थान गरेका थिए । उनीहरु जम्मु- कश्मीर राज्यका विरामी पार्टी नेता र उनको परिवारसँग भेटघाट गर्न श्रीनगर विमानस्थलमा ओर्लनासाथ सुरक्षा निकायले हिरासतमा लिएको हो ।

सिपीआइएम विधायक एमवाइ तारिगामीको स्वास्थ्य स्थिती बुझ्न र पार्टी कार्यकर्तासँग भेटघाट गर्न श्रीनगर गएको अवस्थामा उनीहरुलाई हिरासतमा लिएकाेमा माकपाले विरोध जनाएको छ ।

येचुरीले राज्यपाल मलिकलाई सुचित गर्दै श्रीनगर जाँदा सुरक्षा निकायले हिरासतमा लिनु गलत रहेको जनाएका छन ।

गत सोमबार देखी जम्मु-कश्मीरमा संविधानको अनुच्छेद ३७० खारेज गर्दै धारा १४४ लागु भएको अवस्थामा उनीहरुलाई हिरासतमा लिइएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata