९ हजार घुससहित घरेलु उद्योग कार्यालयकी अधिकृत पक्राउ

बिहिबार, चैत्र ८, २०७४



काठमाडौं । नौ हजार घुस रकम सहित घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) पक्राउ परेकी छन् ।

घरेलु उद्योग दर्ता गर्न गएका सेवा ग्राहीबाट लिएको घुस रकमसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank