चितुवाको छाला सहित दुई जना पक्राउ

मङ्लबार, साउन १४, २०७६

- लक्ष्मी जैशी



धनगढी। कैलालीमा चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले अत्तरियाबाट चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ वस्ने २३ वर्षका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ वस्ने ३२ वर्षका राम बहादुर विष्ट रहेका छन्।

chhata

चितुवाको छाला पहाडबाट तराई तिर ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नगरपालिका- ४ बाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट दुई वटा चितुवाको छाला बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेत बताए। एक चितुवालाई आफै शिकार गरेर मारेको तथा अर्को चितुवाको छाला खरिद गरेको विषयमा अध्ययन भईरहेको उनले बताए

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata