भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्दार, ३ अभियुक्त पक्राउ

शुक्रबार, साउन ३, २०७६



मोरङ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनाको उद्धार गरिएको छ ।

मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति उद्धार गरिएको प्रहरीले जनाएको छ । भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिक -७ बस्ने ४० वर्षीय हफिज अन्सारी पक्राउ परेका छन ।

विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने गोृप्य सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
घटनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरी बुलेटिनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata