कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

बुधबार, साउन १, २०७६



धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस-६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस-१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्चा त फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतीका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata