मुम्बई हमलाको मास्टर माइण्ड हाफिज सईद गिरफ्तार

बुधबार, साउन १, २०७६



एजेन्सी । जमात-उद-दावाको प्रमुख हाफिज सईद गिरफ्तारमा परेको पाकिस्तानी मिडियाले जनाएका छन ।

सन २००८ मा मुम्बई बम काण्डको मास्टर माईण्ड हाफिज सईद भएको भारतको दावा रहेको छ । हाफिजको नेतृत्वमा रहेको लस्कर- ए- तोएबा (जेयूडी) को नेतृत्वमा भएको मुम्बई बम काण्डमा १६६ मानिस मारिएका थिए ।

लाहोर स्थित आतंकवाद विरोधी अदालतले हाफिज र उनका सहयोगी हाफिज मसुद, अमिर हमजा र मलिक जफरलाई ५० हजारका दरले धरौटीमा अगष्ट ३ सम्मको जमानतमा छोडिदिएको थियो । पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तयारी रहेको समयमा भएको यस गिरफ्तारीलाई अर्थपूर्ण मानिएको भारतीय मिडियाले जनाएका छन ।

अमेरिकाले हाफिजलाई मुम्बई हमला पश्चात आतंकवादीको सूचीमा राख्दै उनकाे बारेमा जानकारी दिनेलाई एक करोड डलरको इनाम घोषित गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata