अबैध लागू औषधसहित चार जना पक्राउ

बिहिबार, चैत्र ८, २०७४



काठमाडौ । अबैध लागू औषधसहित दुई जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ स्थित गहुँबारीमा शंकास्पद अवस्थामा हिँडिरहेका रुकुम वाफीकोट गाउँपालिका–७ बस्ने ४० वर्षीय रुद्रबहादुर जैसीलाई ७ सय ७५ ग्राम कालो अफिम, १ थान मोबाइल, १ थान मतदाता परिचयपत्र, नगद नेपाली रुपैयाँ २ हजार ९ सय ७० र भारतीय रुपैयाँ ३ सय सहित प्रहरलिे पक्राउ गरेको छ ।

साथै धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकप्वाईन्टमा खटिएको प्रहरीले ईटहरीबाट धरानतर्फ आउँदै गरेको भरुती भेनमा सवार भारत दार्जिलिङ्ग बाग्डुरा बस्ने २६ वर्षीय देवराज रोयलाई अवैध लागूऔषध नाइट्रोशन ९ ट्याब्लेट, स्पास्मो प्रोक्सीभन ११ क्याप्सुल, करीब ५ ग्राम चरेश र एलएसडी २ पत्ता सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

साथै देवराजका साथीहरु भारत कर्नाटक बेलगाम बस्ने २७ वर्षीय कार्तिक अरकेरी र २६ वर्षीय निरन्जन यादव समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

63 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank