अवैध हातहतियार सहित २ जना पक्राउ

मङ्लबार, असार ३१, २०७६



ईलाम । अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन । ईलाम नगरपालिका-३ बाट सन्दकपुर गाउँपालिका- १ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई ३ नाल भरुवा बन्दुक सहित सोमबार राति
प्रहरीले पक्राउ गरेको  हाे।

ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त हतियार लुकाई गोठमा लुकेर बसेको अवस्थामा राम कुमार र कुमार फागोलाई फेला पारी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका बारेमा  थप अनुसन्धान  भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata