रातो पाण्डाको छाला सहित तीन जना पक्राउ

मङ्लबार, असार ३१, २०७६



काठमाडौं । रातो पाण्डाको छाला सहित तीन जना पक्राउ परेका छन । रातो पाण्डाको छाला दुई थान सहित काठमाडौं महानगरपालिका-२९ मैतीदेवीस्थित घट्टेकुलोबाट ३ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका-५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका- २ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज
४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata