समाजवादी पार्टी पर्साका नेता पक्राउ

बुधबार, असार ११, २०७६



काठमाडौं । वीरगंञ्ज महानरपालिका प्रमुखलाई दुव्र्यबहार गरेको आरोपमा समाजवादी पार्टी पर्साका नेता पक्राउ परेका छन ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गरेको आरोपमा समाजवादी पार्टी पर्साका नेता अजय चौरसिया पक्राउ परेका हुन् । वीरगञ्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा नगरप्रमुख सरावगी माथि हातपात गर्न खोजेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

नगरप्रमुखलाई गाली गलोज सहित हातपात गर्न खोज्दा नगरप्रमुखका सुरक्षा गार्डले रोकेको नगरप्रखुख सरावगीले बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank