मोटरसाइकल चोरी गर्ने चार जना रंगेहात पक्राउ

सोमवार, असार २, २०७६



भक्तपुर । सूर्यविनायक नगरपालिका- २ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा चार जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत चार जना रहेका छन् । उनीहरुलाई आइतबार राती मोटरसाइकल चोर्दै गर्दा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा ९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata