२५ तोला चाँदी सहित दुई जना पक्राउ

मङ्लबार, जेष्ठ २८, २०७६



पर्सा । २५ तोला चाँदी सहित वीरगंज महानगरपालिका १५ भानु चोकबाट दूई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका १ बस्ने २४ वर्षीय अनिल रामदाम र १८ वर्षीय जीवन रामदाम रहेका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैयाबाट वीरगंज बसपार्कतर्फ जाँदै गरेको बा ९६ प १९११ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट उक्त चाँदी फेला परको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार जीवन समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata