घुस लिएको आरोपमा प्रहरी निरिक्षक पक्राउ

बुधबार, जेष्ठ २२, २०७६



काठमाडौं । घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत प्रहरी निरिक्षक पक्राउ परेका छन् ।

दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी निरिक्षक लोकबहादुर जिसी पक्राउ परेका हुन् । गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रहरी निरिक्षक जिसीलाई मंगलबार नै बयानका लागि थुनामा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata