छोरीलाई खुर्पा प्रहार गर्ने बाबु पक्राउ

मङ्लबार, जेष्ठ २१, २०७६



धादिङ । धादिङमा बाबुले छोरीलाई खुर्पा प्रहार गर्दा छोरी घाइते भएकी छिन् ।

जिल्लाको निलकण्ठ नगरपालिका १४ धुवाँकोट अम्बोटेका बलराम वस्तीले छोरी सुनितामाथि खुर्पा प्रहार गरी घाइते बनाएका छन् ।

कक्षा ८ मा अध्यनरत सुनिताको शिक्षण अस्पताल महारागञ्जमा उपचार भइरहेको छ । खुर्पा प्रहार गर्ने बलरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata