चितुवाको छाला सहित एक जना पक्राउ

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट चितुवाको एक थान छाला सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछाम चौरपाटी गाँउपालिका-४ पायल बस्ने २१ वर्षीय उमेश शाह रहेका छन् । शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा वन्यजन्तु चितुवाको छालाको कारोवार हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले शाहलाई चितुवाकाे छाला सहित पक्राउ गरेकाे हाे ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata