३१ लाख सहित दुई जना पक्राउ

बिहिबार, जेष्ठ ९, २०७६



काठमाडौं । श्रोत नखुलेको नगद ३१ लाख रुपैंया सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भक्तपुर जगातीबस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका ३१ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata