बाघको छाला सहित तीन जना पक्राउ

सोमवार, जेष्ठ ६, २०७६



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बाघको छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौं महानगरपालिका ९ सिनामंगल स्थित ग्रीन क्याफेबाट बाघको छाला एक थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर सातदोबाटो बस्ने धनकुटाका सुरेश बि.क. नयाँबसपार्क बस्ने चितवनका रबिन्द्र सुनार र बाग्लुङका होम बहादुर नेपालीलाई पक्राउ रहेका छन् । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank