प्रतिवन्धित ५ सय र १ हजार नोट सहित ६ जना पक्राउ

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित छ जना पक्राउ परेका छन् ।

ठमेलको व्लु मुन होटलबाट धादिङका शम्भू परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, बाग्लुङका नवीन थापा, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेका प्रहरीले जनाएको छ । गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank