छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ९ जना पक्राउ

मङ्लबार, बैशाख १७, २०७६



काठमाडौं । प्रहरीले छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका १५ छाउनी The Food Heaven रेस्टुरेन्टबाट अबैध लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका बर्ष ३६ को सरोज सिलवाल, काभ्रे खहरे ५ स्थायी घर भई काठमाण्डौ ताहाचल बस्ने बर्ष १९ को सुजन तामाङ, काठमाडौं  महानगरपालिका ११ थापाथली घर भएका बर्ष ४२ को दिपेन्द्र श्रेष्ठ, काठमाडौं  महानगरपालिका १३ कालिमाटी घर भएका बर्ष ३२ को शिशिर काले भने अनिल भुजेल, काठमाण्डौ महानगरपालिका ९ सिनामंगल घर भएका बर्ष ४३ को रञ्जित तिवारी र काठमाडौं  महानगरपालिका १३ कालीमाटी बर्ष ३९को नबिन मानन्धर छन् ।

उनीहरूको साथबाट प्रहरीले लागु औषध जस्तो पदार्थ मेथा फेटामाईन  ७४४ ग्राम, बा ९१ प १९६७ नम्बरको स्कुटर नगद रू १ लाख  ,७६ हजार ५ सय रूपैयाँ, विभिन्न कम्पनीको मोबाईल ६ थान, सिम कार्ड, ICE सेवन गर्न प्रयोग गरिने पाईप थान ४५, क्ष्ऋभ् सेवन गर्न प्रयोग गरिने प्लाष्टिकको भाडो थान १, डिजिटल मेसिन थान १, प्लाष्टिक  Film Sealler मेसिन थान १, डिजिटल तराजु थान २, किप्याड मोबाईल थान १ बरामद गरेको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको महानगरिय प्रहरीले जनाएकाे छ ।

त्यस्तै महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले यहि बैशाख १६ गते २३स्१० वजे काठमाण्डौ महानगरपालिका २७ सरकारी धारा नजिक चेकजाँच गर्ने क्रममा प्रहरीलाई देखि भाग्ने जिल्ला धादिङ घर भई काठमाण्डौ नागार्जुन बस्ने वर्ष १८ को प्रबेश मल्ल, मकवानपुर दोभानचौर घर भई काठमाण्डौ बालाजु बस्ने वर्ष १८ को सन्तोष तामाङ र नुवाकोट लछ्याङ घर भई काठमाण्डौ नेपालटार बस्ने वर्ष १९ को सुजन गुरुङलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट अवैध लागुऔषध नाईट्राभेट ६०० ट्याब्लेट बरामद गरेको छ निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको महानगरिय प्रहरी बुलेटिनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank