५० केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

बुधबार, बैशाख ४, २०७६



काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्गले ५० किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।  मंगलबार दिउँसो साढे दुई बजे काठमाण्डौ महानगरपालिका २ लाजिम्पाटबाट कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठको साथबाट ५० किलोग्राम गाँजा बरामद गरेको हो ।

लाजिम्पाट स्थित सुवर्ण शम्शेर मार्गमा हिडिरहेको अबस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा निजहरूले बोकेको झोलाबाट २५ २५ किलो गाँजा फेला पारेको हो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको महानगरीय  प्रहरीले बुलेटिनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata