पूर्व गृहमन्त्री पक्राउ

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । पूर्व गृह तथा उपप्रधानमन्त्री कमल थापा पक्राउ परेका छन् । हिन्दु राष्ट्रको माग गर्दै धर्नामा उत्रेका थापा पक्राउ परेका हुुन् ।  विरोध प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष समेत रहेका थापालाक्ष्ई भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेको हो ।

हिन्दुराष्ट्र पुर्नस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण र बेरोजगारी समस्या समाधान सहितका एजेण्डाका साथ थापा सहितका नेता कार्यकर्ता धर्नामा सहभागी बनेका थिए ।  नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गर, राजासहितको लोकतन्त्र लागि गोलमेच सम्मेलन गर । संघीयताबारे राष्ट्रिय जनमत संग्रह गर । मृत्यबृद्धि नियन्त्रण गर जस्ता चर्का नारा सहित निश्केका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थापा सहित पूर्वमन्त्री दिपक बोहोरा, बुद्धिमान तामाङ लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीको लाठ्ठी प्रहारबाट ४० बढी कार्यकर्ता घाइते भएका छन् । उनीहरुको मोडल हस्पीटलमा उपचार भइरहेको राप्रपाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata