एक लाख घुस सहित प्रहरी हवल्दार पक्राउ

शनिबार, मंसिर १, २०७५



हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाको टोलीले कलैया उपमहानगरपालिका १ देवकीलाल धर्मशालाबाट एक जना प्रहरी हवल्दारलाई एक लाख नगद घुस सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार ३० वर्षिय सुदामा हजरालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । कारोबारीहरुलाई भारतबाट  अबैध पान मसला जस्ता रुपमा खुट्खाहरु भित्राउन सहज पारिदिने भन्दै सेवाग्राहीबाट एक लाख रकम लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका हजरालाई हेटौडा लगेर थप अनुसन्धान गरिने र अनुसन्धानपछि आईतवार केन्द्रिय कार्यालयमा पठाईने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank