सैन्य भर्ना छनौट प्रक्रियामा अनियमिततामा गर्ने चार सैनिक सहित २७ जनामाथि कार्वाही

बुधबार, कार्तिक ६, २०७६



काठमाडौं । नेपाली सेनामा भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने चार सैनिक सहित २७ जना विरुद्ध कार्बाही प्रक्रिया अघि बढाएको नेपाली सेनाले जनाएको छ ।

गत साउन १९ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपााली सेना ४० भर्ना केन्द्रमा पाँच हजार ८ सय सैन्य पदमा भर्ना आव्हान गरेको थियो ।  उक्त भर्ना प्रक्रिया केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा चार सैनिक र २३ जना गैर सैनिक व्यक्तिहरु माथि नेपाली सेनाले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

नेपाली सेनाको भर्ना केन्द्र, उत्तर पश्‍चिम पृतना हेटक्वाटरमा संचालन भईरहेको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामातीन जना र श्री नं ५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिक व्यक्तिहरुलाई सैनिक निगरानीमा राखी अनुसन्धानको कार्य अघि बढाएको सेनाले जनाएको छ । सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ५ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं। बाहिनी अड्डा, जुम्ला तथा श्री नं २४ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका चार जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । साथै वास्तविक उम्मेदवारहरुको खोजी कार्य भईरहेको छ । त्यस्तै तीन भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न चार जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरिएको छ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई नेपाली सेनामा योग्य व्यक्तिको सेवा गर्ने अवसर नगुमोस् भन्‍ने कुरामा महत्वका साथ जोड दिदैं आएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

नेपाली सेनाद्वारा जारी विज्ञप्ती

nepal army

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments