युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु: सभामुख थापा

बिहिबार, बैशाख २७, २०७५



बझाङ । प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्ने बताएका छन् ।  भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका सभामुख थापाले नेपाल पत्रकार महासंघ शाखा बझाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताउका हुन् ।

उनले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउन लागिपरेको जनाएका छन् । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उनले भने ।

सभामुख थापाले भने, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, त्यो बजेटबाट यूवालाई सम्बोधन हुने खालको बजेट ल्याइनेमा जोड दिएका छन् ।

बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताए । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank