म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ: नेतृ देउवा

आइतवार, चैत्र ३, २०७५

- पदम राज भट्ट



धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधी सभाको निर्वाचनमा पराजय भोगेपनि जनको सेवामा समर्पित भइ काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले जनताको सेवाको लागि जनताको दैलोमा पटक पटक धाइरहने बताएकी छन् ।

 धनगढी उप–महानगरपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले निर्वाचन हारेपछि पनि आफु पटक पटक धनगढीका बिभिन्न वडामा पुगिरहेको बताईन । म यहाँहरुको सेवा गर्ने भनेर राजनितिमा आएकी हुँ नेतृ देउवाले भनिन्‘ मैले चुनाव हारेपनि करोडौंका योजना मेरो निर्वाचन क्षेत्रमा हालेकी छु । उनले कैलाली क्षेत्र नं ५ का बासिन्दा प्रति आफु सधै आभारी भएको बताउदै नेतृ देउवाले भनिन्,तर घर भित्रको झगडा सधै खतरनाक हुन्छ त्यस बारेमा सबैले सजक हुनुपर्छ ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले नेपाली कांग्रेसले गरेका राम्रा काम समेत कार्यकर्ताहरुले जनतामा लैजान नसकेको बताए । सबै भन्दा ठूलो संगठन हो सभापति शाहले भने,त्यस कारण संगठन बलियो बनाउनका लागि क्रियाशिल सदस्यता वितरण महाअभियान कांग्रेसले थालेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यहाँका प्रदेश र प्रतिनिधीसभाका माननीयहरु संग विकास निर्माणका काम गर्ने कुरामा प्रतिसपर्धा गर्न चुनौती दिए । यस निर्वाचान क्षेत्रबाट चुनाव जित्नु भएका सांसदले गरेको काम र हामीले गरेको काममा तुलना गर्नु होस नगरप्रमुख वडले भने कस्ले कति काम गरेको रहेछ । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण महाअभियान अन्तरगत वडा नं ९, १० र १२ मा कार्यक्रम आयोजना गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank