७० देशका नेता पेरिसमा

आइतवार, कार्तिक २५, २०७५



फ्रान्स । प्रथम विश्वयुद्ध समाप्त भएको शताब्दी बर्षगाँठ मनाउँदै विभिन्न देशमा अनेकौं कार्यक्रमको आयोजना गरिएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेराको राष्ट्रिय युद्ध स्मारकमा एक समारोह आयोजित गरिएको छ ।

त्यसैगरि न्यूजिल्याण्डको राजधानी वेलिंगटनमा एक सलामी अर्पण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । सन् १९१४ -१९१८ सम्म भएको प्रथम विश्व युद्धलाई सम्झने क्रममा भारतमा मारिएका ७४ हजार सेनाको सम्झनामा एक कार्यक्रम गरिएको छ । यसैगरि पेरिसमा हुन गइरहेको मुख्य समारोहमा उपस्थित हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस पुगेका छन् । आज साँझ हुने एक कार्यक्रममा राष्ट्रपति ट्रम्प,रुसी राष्ट्रपति पुटिन आर्क डे ट्रियोम्फेमा सँगै देखिने छन् ।

trump

विश्वका नेता पेरिसमा

आइतबार विश्वका करिब ७० देशका नेता फ्रान्सको राजधानी पेरिसमा एकत्रित हुँदैछन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विश्व भरका नेतालाई आर्क डे ट्रियोम्फेमा स्वागत गर्ने छन । उक्त भेलामा सहभागी हुन जर्मन चान्सलर एन्जीला मेर्केल, टर्की राष्ट्रपति एर्दाेगान पेरिस पुगिसकेका छन् ।

a

गत शनिबार राष्ट्रपति म्याक्रोन र चान्सलर उत्तरी फ्रान्सको कपिजेन शहरको भ्रमण गर्दै एक पुस्तकमा हस्ताक्षर समेत गरेका छन् ।  आर्मिस्टिस डे मा सहभागी हुन पेरिस पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दे आज पेरिसमा करिब ५० जनाको समूहले विरोध प्रर्दशन गरेका छन् । खराब मौसमको कारणले राष्ट्रपति ट्रम्प युद्धको दौरान मारिएका सेनाको समाधीस्थलमा पुग्ने कार्यक्रम रद्ध गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata