रातो कार्ड पाएर घर फर्किएका मेस्सी भन्छन् – ‘ ब्राजिलले जितोस् भनेर मिलेमतो भयो !’

आइतवार, असार २२, २०७६



एजेन्सी । कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो । तर, मेडल प्रदान गर्ने समारोहमा मेस्सी उपस्थित भएनन् ।

खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जिओभानी लो सेल्सोको पासलाई सदुपयोग गर्दै डिबालाले प्रतियोगिताको पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरिरहेका थिए ।

शुरुदेखि नै तनावपूर्ण खेलमा दुवै टिम पहिलो हाफमै १० खेलाडीमा सीमित भए । अति तनावपूर्ण देखिएको खेलमा मेस्सीले ३७ औँ मिनेटमा सीधै रातो कार्ड पाए । यस्तै चिलेका ग्यारी मेडेलले पनि सोही घटनामा सीधै रातो कार्ड पाए ।

मेस्सीले चिलेका मेडेललाई कुहिनाले धक्का दिएपछि तनावको अवस्था सिजर्ना भयो । मेस्सी र मेडेल दुवैले बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए, सोही क्रममा मेस्सीले मेडेललाई कुहिनाले धक्का दिएका हुन् । मेडेलले त्यसको जवाफ आक्रोशित रुपमा दिए। उनले आफ्नो अनुहार मेस्सीको अनुहारमा जुधाए ।

यो मेस्सीको करिअरको दोस्रो रातो कार्ड हो । उनले १४ वर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए ।

यस्तै यता दोस्रो हाफमा चिलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २-१को स्थितिमा ल्याए । थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो ।

रेफ्रीको निर्णयपछि मैदान छाडेका मेस्सी:

रेफ्रीको निर्णयपछि आश्चर्यचकित बन्दै मैदान छाडेका मेस्सी तेस्रो स्थानको मेडल लिने बेला पनि मैदानमा देखिएनन् ।

पछिल्लो समय आफ्नो खेलभन्दा पनि दक्षिण अमेरिकी फुटबल कन्फेडरेसन र आयोजक ब्राजिलको आलोचनाको कारण मेस्सी चर्चामा छन् ।

तेस्रो स्थानको खेलपछि पनि पत्रकारहरुसँग कुरा गर्दै मेस्सीले कन्फेडरेसनको आलोचना गर्दै यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो भएको गम्भीर आरोप लगाए ।

what messi said after chile vs argentina copa america?को लागि तस्बिर परिणाम

सेमिफाइलनमा आफूले रेफ्रीको आलोचना गरेकै कारण आफूले रातो कार्ड पाएको बताउँदै उनले भने, ‘यसमा कुनै शंका छैन, यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो छ ।’

‘मलाई आशा छ फाइनलमा भीएआरले कुनै भूमिका खेल्ने छैन । पेरुले प्रतिस्पर्धा गर्न सक्छ तर मेरो लागि उसलाई गाह्रो छ,’ उनले भने ।

मेडल प्रदान गर्ने समारोहमा आफ्नो उपस्थितिबारे पनि मेस्सीले खुलाए । उनले भने, ‘म यो भ्रष्टाचारको हिस्सा हुन चाहँदिन थिए । कोपा अमेरिकामा हामीले बेहोरेको अनादरको हिस्सा हुनुपर्दैन ।’

‘म जहिले पनि इमान्दार छु र सत्य बोल्छु । मैले बोलेको कुराले मैले भोग्नुपर्ने नियतिबारे मलाई परवाह छैन । आज जे भयो त्यो मैले यसअघि बोलेको (ब्राजिलबिरुद्ध) कुराले भयो । आज पहेँलो कार्ड दिएको भए हुन्थ्यो ।’

कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान आयोजक ब्राजिल र पेरु खेल्दैछन्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata