मेस्सीको गोलमा अर्जेन्टिनाको जीत

शनिबार, कार्तिक ३०, २०७६



एजेन्सी । शुक्रबार भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो ।

साउदी अरेबियामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।

सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata