दक्षिण अमेरिकी मुलुकका ५ करोड मानिस अन्धकारमा बस्न विवश, अविश्वसनीय घटनाले विश्व स्तब्ध

बुधबार, असार ४, २०७६



एजेन्सी । गत आइतबार घटेको एक अविश्वासनीय घटनाले विश्वलाई अचम्मित पारेको छ । दक्षिण पुर्वमा रहेका तीन वटा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना, प्याराग्वे र उरुग्वेका करोडौँ मानिसहरु अन्धकारमा बस्न विवश भएका छन् । दक्षिण ब्राजिल र चिलीका केही भूभागका मानिसहरु पनि यस अन्धकारको शिकार भएका छन् ।

Argentina, uruguay and parts of Uruguay were hit by a power outage that left 50 million people in the dark. को लागि तस्बिर परिणाम

तीन देशका करोडौँ मानिस एउटा साइबर हमलाका कारण लामोसमय बिजुली विहीन बस्नु परेको हो । घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै अर्जेन्टिनाका राष्ट्रपति मोरिसिओ माक्रीले घटना अप्रत्याशीत भएको बताउँदै सम्बन्धित निकायलाई तुरुन्तै यसको अनुसन्धान गर्न निर्देशन दिएका छन्  ।

यसप्रकारको ‘ब्ल्याक आउट’ को घटनाले अर्जेन्टिनी सरकारको अन्य देशका विजुली व्यवस्था पनि अवरुद्ध गर्न सक्ने क्षमतामाथि प्रश्न उठाएको छ । शनिबार मात्र न्युयोर्क टाइम्सले अमेरिकाले रुसमा साइबर हमला गर्न उनीहरुको पावर ग्रिड प्रणालीमा भाइरस राखिदिएको खबर छापेको  थियो । यसैबीच यो घटना हुनुले यी दुई विषय सम्बन्धित हुन सक्ने अनुमान गरिएको हो ।

युटिलिटी कम्पनी एड्सरका प्रवक्ताले बताए अनुसार यो अर्जेन्टिनाको इतिहासकै पहिलो सामान्यकृत पूर्ण अन्धकारको घटना हो ।  प्याराग्वे र उरुग्वेका बिजुली प्रणाली अर्जेन्टिनासँग जोडिएको हुँदा ती देशहरु  सहित चिली र ब्राजिलका केही भूभाग पनि प्रभावित हुनु पुगेको हो  ।

यस सम्बन्धी अर्जेन्टिनाका फुटबल खेलाडी ल्युकस रोड्रिग्वेजले पनि अन्धकारमय शहरको तस्बिर ट्वीटरमा पोस्ट गर्दै आफूले यस्तो कहिल्यै नदेखेको बताएका छन् । उनले सिएनएनसँग भनेका छन्, ‘हाँस्यास्पद कुरा के भने बत्ती नभएपनि हामी सबैको फोनमा इन्टरनेट छ । ’

अप्रत्याशित रुपमा एकाएक तीन मुलुकमा कम्तिमा ५ करोड मानिस अन्धकारमा बस्न विवश हुनुको कारण विस्तृतमा पत्ता लगाइने अधिकारीहरुले बताइएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank