‘अकुपाई टुँडिखेल’ : टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

शनिबार, कार्तिक २३, २०७६



काठमाडौं ।  निरन्तर अतिक्रमणको शिकार हुँदै आएको टुँडिखेल जोगाउन  ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको छ । साँघुरिँदै गएको टुँडिखेल जोगाउन ‘अकुपाई टुँडिखेल’ अभियानले आज टुँडिखेल घेर्ने भएको हो ।

नागरिक स्तरबाट भइहरेको ‘अकुपाई टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले मानव साङ्लो बनाउन लागेको बताए । उनले आजदेखि अभियानको औपचारिक सुरुवात गरिने जानकारी दिए ।

तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata