रंगशालाका निर्माण लागि ३४ करोड बजेट विनियोजन

बुधबार, फाल्गुन १६, २०७४



दाङ। रंगशाला निर्माणका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । तुल्सीपुर १९ स्थित बेल्झुण्डीमा रंगशाला निर्माणको लागि भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डागीले जानकारी दिएका छन् ।

जिल्लामा खेलकुद पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले लिएका छन् । खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि टेण्डरसमेत आह्वान गरिसकेको  जनाएकाे छ ।

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank