एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्ने अफर

बिहिबार, जेष्ठ ३, २०७५



काठामाडौं । एप्पल वल्र्ड मोबाइलमा ६० प्रतिशत छुट सहित पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर ल्याएको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो ।

यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पलवल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ ।

जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालनहुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाईल प्रदान गरिने एप्पलवल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल््य लिएर सट्टापट्टागर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पलवल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एप्पल वल्र्डमामोबाइलखरिद गर्नेहरुलाई विभिन्नमोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ ।

एकै छानामुनी बिश्वबजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पलवल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank