डिजिटल संगीतको सेवा प्रदान गरिरहेको आइट्युन्स सेवा बन्द गर्दै एप्पल

सोमवार, जेष्ठ २०, २०७६



एजेन्सी  । २१ औं शताब्दीलाई डिजिटल संगीतको सेवा प्रदान गरिरहेको आइट्युन बन्द हुने भएको छ । ०१ जनवरी ९ मा एप्पलका सहसंस्थापक र पूर्व कार्यकारी अधिकारी स्टिभ जब्सले म्याकवल्र्ड एक्सपो एप्पलको आइट्युन सफ्टवेयर सार्वजनिक गरेका थिए । आइट्युन सार्वजनिक भएको हाल १८ वर्ष पूरा भइसकेको छ । यद्दपी  कम्पनीले यस एपलाई अब बन्द गर्ने भएको छ ।

ब्लुमबर्गको एक प्रतिवेदनअनुसार आइफोन, म्याक्स र आइप्याड बनाउने कम्पनी एप्पलले आगामी डेभलपर कन्फ्रेन्समा बन्द गर्ने बताएको छ । यो कन्फ्रेन्स ३ जुनदेखि शुरु हुँदैछ । संगीतको दुनियाँमा पाइरेस रोक्नलाई आइट्युनको ठूलो भूमिका रहेको छ । एकपटक यो एपलाई संगीत, चलचित्र र टिभी सिरियलका लागै निकै प्रसिद्ध थियो ।

पाइरेसी निर्मूल गर्न आइट्युनको भूमिका 

संगीतको क्षेत्रमा पाइरेसीलाई हटाउन आइट्युनको ठूलो भूमिका छ । जसका कारण विश्वभर संगीतको उद्योग निकै फस्टाएको देखिन्छ । रेकर्डिङ एसोसिएसन अफ अमेरिकाको सन् २०१८ को एयर एन्ड रिपोर्टमा प्रकाशित प्रतिवेदनअनुसार अमेरिकाको संगीत उद्योगको करमा ७५ प्रतिशत भाग म्युक स्ट्रीमिङको रहेको बताइएको छ ।

आइट्युन बन्द गर्नुलाई खासै अचम्मको कुरा मानिएको छैन । किनकि, हाल विश्वभर धेरै प्रकारका सब्सक्रिप्सन बेस्ड म्युजिक स्ट्रीमिङसेवा उपलब्ध छन् । यी विभिन्न स्ट्रीमिङ सेवाका कारण आइट्युन्सको डाउनलोडमा निकै असर परेको छ ।

अब कम्पनीले ३ फरकफरक मिडिया फर्म ल्याइने बताएको छ जसमा एप्पल म्युजिक, एप्पल टिभी र पोडकास्ट उपलब्ध हुनेछन् । यद्यपि, कम्पनी आइट्युन्सका विभिन्न फिचर जस्तै संग पर्चेज र फोन सिंकिङ रिटेन रहेका छन् । कम्पनीको यो निर्णयले एप्पलका पुराना प्रयोगकर्ता निराश हुने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank