सर्बिया सरकारको अपिल ‘बच्चा जन्माउनुस, ढिला नगर्नुहोस ’

सोमवार, मंसिर २४, २०७५



बेलग्रेड । पूर्व युगोस्लाभियाको विघटनपछि जन्मीएको देश सर्बिया जनसंख्या नबढ्नाले चिन्तित छ ।सर्बियाको सरकारले देश भित्र रहेका दम्पतीसँग अपिल गर्दै भनेको छ । ‘बच्चा जन्माउनुस, ढिला नगर्नुहोस ।

सरकारको अपिल पछि महिलाहरुले भनेका छन् । जनसंख्या बढाउन राम्रो सहयोग चाहिन्छ । न कि प्रेरणादायी शब्द । सर्बियाबाट धेरै मानिसले देश छोडेर अन्यन्त्र गइसकेका छन् । साथै जन्मदर हरेक साल घट्दै गइरहेको छ । देशमा औषत हरेक दुई परिवारमा तीन बच्चा मात्र रहेको जनाइएको छ । जुन दर युरोपमा रहेका सबै मुलुकको भन्दा कम हो । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०५० सम्ममा सर्बियाको जनसंख्या १५ प्रतिशत घट्ने जनाइएको छ ।

राष्ट्रपति एलेक्जेण्डर बुकिकले एक अध्ययनको हवाला दिदैं बताए । दुई देखी चार तले घरमा बस्ने दम्पतीका बच्चा जन्माउने दर दुई गुना ज्यादा हुन्छ । हाल सरकारले महिलालाई बच्चा जन्माउन प्रेरित गर्ने मातृत्व देखभाल कानून पारित गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata