भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अवस्था नाजुक

बिहिबार, साउन ३१, २०७५



नयाँ दिल्ली । भारतीय पूर्व प्रधानमन्त्री अलट बिहारी वाजपेयीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको छ । भर्खरै जारी गरिएको हेल्थ बुलेटिन अनुसार उनको स्वास्थ्यमा कुनै सुधार लक्षण देखा नपरेको जनाएको छ ।

गत जुन ११ मा मृगौलाको नलि,छाति र मुत्र नलिमा देखा परेको संक्रमणको कारण एम्स अस्पतालमा भर्ना भएका वाजपेयी निरन्तर चिकित्सकहरुको निगरानीमा रहँदै आएका थिए ।

चिकित्सहरको अथक प्रयासका बावजुद पछिल्लो २४ घण्टामा उनको स्वास्थ्य अवस्था झनै खस्केको कारण मोदी मन्त्री परिषदका अधिंकास मन्त्रीहरु उनलाई भेट्न एम्स पुगेका छन् ।

भर्खरै जारी गरेको ब्रेकिङ न्यूज अनुसार काँग्रेस अध्यक्ष राहुल गान्धी समेत एम्स पुगेका छन् । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी एम्स जाने तयारीमा रहेको इन्डिया टिभीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata