सशस्त्रको आईजीपी बन्ने दौडमा को को ?

बुधबार, माघ ५, २०७३



कठमाडौ । आगामी ३ फागुनमा सशस्त्र आईजीपी दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि एआईजी सिंहबहादुर श्रेष्ठले आगामी एक वर्ष सशस्त्रको कमान्ड सम्हाल्ने निश्चित जस्तो भएको छ । आईजीपी बन्न एआईजीहरु प्रेमकुमार शाही र प्रकाश ओझा पनि  दौडधुपमा लागेका छन् ।

 
तर अन्तिममा शाही र ओझाले श्रेष्ठलाई आईजीपी बनाउन सहयोग गर्ने विश्वास सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरुले गरेका छन् । एआईजी कृष्णकुमार तामाङ र जितबहादुर पुनले पनि आईजीपी दुर्जकुमार राईसँगै अनिवार्य अवकाश पाउनेछन् । राईले अवकाश पाय संगै श्रेष्ठले अबको सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्ने दावी उनी निकट अधिकारीहरुले गरेका छन् ।

 
वर्तमान सरकारका केही मन्त्रीहरु श्रेष्ठलाई आईजीपी बनाउन लागि परेका छन् । तर गृहमन्त्री विमलेन्द्र निधिले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
श्रेष्ठ २९ चैत २०४४ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनी सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आबद्ध भएका थिए । सशस्त्र प्रहरीमा व्यवसायिक अधिकृतको रुपमा चिनिने, संगठनमा पृथक पहिचान बनाउन सफल, अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिन्छन् ।
शाही अन्यको तुलनामा बाठा अधिकारी हुन भने ओझा पनि व्यवसायिक रुपले राम्रो क्षमता भएका अधिकारीमा गनिन्छन् । आर्थिक मामलामा अत्यन्त पारदर्शी र निश्कलंकित अधिकृतको रुपमा एआईजिपि सिंह श्रेष्ठ अग्रपंक्तिमा आउँछन् ।
आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखेर परिचालन, एवं कमाण्ड गर्न सक्ने भएकोले नै श्रेष्ठबाट सम्पादित कामहरु विवादरहीत र मातहत कर्मचारीहरु यिनको खुलेर प्रशंसा गर्ने गर्छन् ।

 
स्रोतका अनुसार गृहमन्त्री निधि भने श्रेष्ठसंग भन्दा शाहीसंग बढी आकर्षित भएका छन् । पारिवारिक पृष्ठभूमी काँग्रेस भएकोले पनि निधिले शाहीलाई अगाडि बढाउन सक्ने अाँकलन उनी निकटहरुले गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments