घरेलु टोली सुदुरपश्चिमलाई स्तब्ध पार्दै एपीएफ फाईनलमा

आइतवार, पुस ३०, २०७४



धनगढी । शसस्त्र प्रहरी बलको एपीएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी नजिक पुगेको छ । आईतवार भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २-० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो । एपीएफले सोमवार उपाधीका लागि अर्को विभागीय टोली नेपाल आर्मीको सामाना गर्ने छ । शनिवार धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेको थियो ।

पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाएपनि सुदुरपश्चिमले गोल गर्न नसकेपछि एपीएफले दोश्रो हाफमा २ गोल गर्दै फाईनल यात्रा तय गरेको हो । एपीएफका लागी पहिलो गोल अन्जन विष्टले ५६ औ मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा एपीएफकै नविन लामाले गोल गर्दै अग्रता दोव्वर बनाएका थिए । दोश्रो गोल गरेका लामाले खेलको म्यान अफ द म्याच हुदै नगद १० हजार हात पारे ।

खेलपछि प्रतिक्रीया दिदै एपीएफका प्रशिक्षक रत्नकाजी श्रेष्ठले घरेलु टिमलाई सेमीफाईनलमा पराजीत गरेपछि प्रतियोगीताको उपाधी जित्न मनोवल बढेको बताए । सुदुरपश्चिम ११ का प्रशिक्षक ललीत चन्दले विभागीय टोलीमा बलिया खेलाडीको बर्चश्व भएकाले जित्न नसकेको बताए । प्रतियोगिताको फाईनल आईतवार दिउँसो धनगढीमा रंगशालामा आर्मी र एपीएफ विच हुने छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank