आँखामा पट्टी बाँधेर सडकमा सुते महिलाहरु

मङ्लबार, मंसिर १८, २०७५



महेन्द्रनगर । निर्मला पन्तको हत्यारामाथि कारबाहीको माग गर्दै कञ्चनपुर फेरि आन्दोलित भएको छ । बिचमा शिथिल भएको आन्दोलन फेरि चर्किएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुरका महिलाहरु आज आँखामा पट्टी बाँधेर सडकमा नै सुतेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट अगाडीको सडकमा महिलाहरुले मंगलबार आँखामा कालोपट्टी बाँध्दै सडकमा सुतेर धर्ना दिए । निर्मलाको हत्या भएदेखि नै न्याय माग्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका महिला अधिकारकर्मी सहितका स्थानीय महिला सडकमा सुतेका हुन् । मंगलबार नै जिल्ला प्रशासन अगाडी राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानले र स्थानियहरुले धर्ना समेत दिएका थिए ।

अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भए लगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापरबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो तर डिएनए पनि नेगेटिभ आएपछि अनुसंन्धानको पाटो अब कता भन्न प्रश्न आम जनमानको मानसपटलमा मडारीएको छ ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank