कक्षा ११ मा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन

सोमवार, मंसिर ३, २०७५

काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको भिड लागेको छ ।

काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा राखेको सो मेसिन अहिले सबैको आकर्षण बनेको छ । अर्जुनले सो मेसिनलाई एन्टी रेप मेसिन राखेका छन् । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्।

उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। त्यो पेटिले मानिसले पछ्याएको, छोएको र जबरजस्ती गर्न खोजेको सबै कुरा बताइदिन्छ । मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा राखिएका कारण कसैले फलो गरे देखि नै म्यासेज दिन सुरु गर्छ ।

161 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank